Logo
Logo

अपमान सहेर कति दिन एमालेमा बस्ने ?



काठमाडौं । चार दशक लामो नेकपा (एमाले)को राजनीतिमा बिताउनुभएकी श्रीमाया थकालीको आँखा एक्कासी रसाए । एमालेमा जीवनभरि गरेको योगदान र अध्यक्ष केपी शर्मा ओलीले गरेको अपमानले थकालीका गला अवरुद्ध भयो, आँखाबाट आँसु झ¥यो । थकाली परिवारमा जन्मेको, हिमालपारीको जिल्ला मुस्ताङबाट एउटा राजनीतिमा होमिएको, दुई कार्यकाल पोलिटब्यूरो सदस्य भएको, संघीय सांसद भइसकेको, जिल्ला र अञ्चल इन्चार्ज भूमिका कुशलतापूर्वक निभाउनु भएकी थकालीको एमालेले उचित मूल्यांकन गरेन । विगतमा माधवकुमार नेपाललाई साथ दिएकोबाहेक थकालीमाथि एमालेले अन्याय गर्नुपर्ने कुनै कारण छैन ।

आठौँ महाधिवेशनमा सँगै बैकल्पिक पोलिटब्यूरो र नवौँ महाधिवेनमा सँगै पोलिटब्यूरो सदस्य भएकी थममाया थापा स्थायी कमिटीमा छिन् । एक कार्यकालमात्रै पोलिटब्यूरो भएकी विन्दा पाण्डे पनि स्थायी कमिटीमा छिन् । त्यतिमात्रै होइन, पार्टीमा खासै योगदान नभएका डा. शिवमाया तुम्वाहाङ्फे र सीता पौडेल पनि स्थायी कमिटीमा छिन् । थकालीलाई लागेको थियो–‘स्थायी कमिटीमा चारजना महिला परे भने मेरो नाम पनि समेटिन्छ ।’ तर, उहाँले सोचेजस्तो भएन । ९९ सदस्यीय पोलिटब्यूरोमा निकै थोरै योगदान भएकाहरू समेटिँदा ओली स्वयंले थकालीको नाम काटे ।

थकालीले केन्द्रीय कमिटी बैठकमै हात उठाएर लिखित रुपमै प्रश्न गरिन्– मलाई डिमोसन किन गरियो ? तर, नेतृत्वले जवाफ दिनसमेत उचित ठानेन । ओलीले दिएको मुस्ताङ जिल्ला ईन्चार्ज थकालीले बैठकमै खारेज गरिदिनुभयो । त्यसपछि ओलीले थकालीलाई गण्डकी प्रदेशको सहईन्चार्जको जिम्मा दिए । अपमानपूर्वक दिइएको त्यो जिम्मेवारी पनि थकालीले स्वीकार्नुभएको छैन । गण्डकी प्रदेशको बैठकमा समेत थकाली सहभागी हुनु भएन ।

ओलीसँग मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरूको व्यवहारबाट पनि उहाँको चित्त दुखेको छ । १० बुँदेकै भूमरी नरेश खरेल, कृष्णभक्त पोखरेल, सुवास कर्माचार्यहरू परे । खरेल ओलीसँगै झापा आन्दोलनको क्रममा जेल परेका नेता हुन् । पोखरेल त्यस्ता नेता हुन्, जसले पार्टी एकताका लागि भन्दै जिल्ला अध्यक्ष ओलीनिकट पार्वती रावललाई छाडिदिए । तर, ओलीले त्यो त्याग देखेनन् । १०बुँदे पक्षधरलाई छानिछानी पन्छाउन खोजे ।

आठौँ महाधिवेशनमै थकालीले धौलागिरी अञ्चलको इन्चार्जको जिम्मेवारी कुशलतापूर्वक निभाउनुभएको थियो । अन्य १३ जना पुरुष इन्चार्ज हुँदा थकालीमात्रै एक्ली महिला इन्चार्ज हुनुभयो । त्यसो त थकाली एमालेको पहिलो जिल्ला सचिव पनि हुनुहुन्छ । एमालेमा सचिवले जिल्ला नेतृत्व गर्दा तत्कालीन ७५ मध्ये ७४ जिल्लाका प्रमुख पुरुष थिए, थकालीमात्र एक्ली महिला जिल्ला प्रमुख हुनुहुन्थ्यो ।

थकालीले नेतृत्वसँग जवाफ माग्नुभएको छ । तर, नेतृत्व लाचार छ । ओलीसँग मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरूको व्यवहारबाट पनि उहाँको चित्त दुखेको छ । १० बुँदेकै भूमरी नरेश खरेल, कृष्णभक्त पोखरेल, सुवास कर्माचार्यहरू परे । खरेल ओलीसँगै झापा आन्दोलनको क्रममा जेल परेका नेता हुन् । पोखरेल त्यस्ता नेता हुन्, जसले पार्टी एकताका लागि भन्दै जिल्ला अध्यक्ष ओलीनिकट पार्वती रावललाई छाडिदिए । तर, ओलीले त्यो त्याग देखेनन् । १०बुँदे पक्षधरलाई छानिछानी पन्छाउन खोजे । अहिले एमालेमा १०बुँदे पक्षधर ठूलो पंक्ति निष्क्रिय छ । ओली प्रवृत्तिकै कारण १० बुँदे पक्षधर नेताहरु घर त घाट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्