Logo
Logo

नारायणहिटी परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्छु : मन्त्री आले


1.3k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजगढ बिमानस्थलका बिषयमा बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ओलीले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरिय वा मन्त्रीपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताएका हुन् ।

उनले एक पटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पारे ।

यस्तै, सर्वदलिय बैठकमा निजगढ बिमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्रीलगायत सबै दल सहमत भएको उनले जानकारी दिए ।

काठमाडौं बिमानस्थलको बिकल्पको रुपमा निजगढ अन्तराष्ट्रिय बिमानस्थल बन्ने भन्दै उनले आठ हजार ५० हेक्टर जमिन बिमानस्थलको नाममा आइसकेको जानकारी दिए । मन्त्री आलेले बिमानस्थल नजिकको नदी संरक्षणका साथै टाङ्गीया वस्ती स्थानान्तरण गरिने बताए ।
उनले बिमानस्थललाई अघि बढाउनका लािग बिभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराए ।

बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निजगढ अन्तराष्ट्रिय बिमानस्थलको सम्भाव्य योजनाका बारेमा जानकारी गराएका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000