Logo
Logo

नेता पुनको आज नेपाल फर्किने योजना स्थगित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुन आज स्वदेश नफर्कने भएका छन् । चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत नेता पुनको आज स्वदेश फर्कने योजना रहेको थियो । तर चिकित्सकको सुझाव अनुसार आज नेता पुनको फर्कने योजना स्थगित भएको छ ।

पुनका प्रेस सल्लाहकार दयानिधि भट्टका अनुसार डाक्टरले पुनलाई थप एक दुई दिन आराम गर्न र तत्कालै स्वदेश नफर्कन सुझाव दिएको हो । काठमाडौंबाट उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन सिधै उपचारका लागि चीन‍ गएका थिए ।

जण्डिसको वंशानुगत समस्या भएका उनी उपचारका लागि चीन गएका हुन् । पुन छिट्टै स्वदेश फर्कने भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय बैठकमा पदाधिकारी चयन नगरी २५ गतेसम्म बैठक स्थगित भएको जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्