विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन « Drishti News – Nepalese News Portal
Logo

विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन दिएका छन् ।

लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि भैरहवा जाने क्रममा विमानस्थलको आन्तरिक कक्षको निरीक्षण गर्दै मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई ध्यानमा राखेर आवागमन कक्षलाई फराकिलो बनाउन तथा विस्तार गर्न निर्देशन दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उप–महानिर्देशक प्रेमनाथ ठकुरले तत्काल आवागमन कक्ष फराकिलो बनाउने प्रतिबद्धता जनाएका छन् । ठाउँको पहिचान तथा बजेट व्यवस्थापनको तत्काल काम अगाडि बढाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्