Logo
Logo

एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत



तुलसीपुर । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन् । उनी निवर्तमान उपाध्क्ष छन् । शुक्रबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुनलाई चयन गरिएको छ । जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

पाल्पा अध्यक्षमा घिमिरे
एमाले पाल्पाको जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनिता शर्मा चयन भएका छन् । अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्