बालकोटमा प्रधानमन्त्री र ओलीबीच भेटघाट « Drishti News – Nepalese News Portal
Logo

बालकोटमा प्रधानमन्त्री र ओलीबीच भेटघाट


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा ओलीलाई भेट्न आज बालकोट पुगेका हुन् ।

एमालेले प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवा संसद अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री देउवालाई शनिबार बालकोटमा स्वागत गर्दै एमाले अध्यक्ष ओली । तस्वीर: रोशन सापकोटा/रासस

यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ‌ओलीसँग छलफल गरेका थिए ।

एमालेले माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीका सांसद उपस्थित भएको संसद र बैठकहरूमा उपस्थित नहुने अडान राख्दै आएको ।

प्रतिक्रिया दिनुहोस्