Logo
Logo
ओमिक्रोन भेरियन्टको त्रास

विश्वभर एकै दिन थपिए २२ लाख कोरोना संक्रमित


3.6k
Shares

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा एकैदिन २१ लाख ८९ हजार २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कुल संक्रमितको संख्या ३० करोड ५८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ३ लाख ६४ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटलीमा एक लाख ९७ हजार, बेलायतमा एक लाख ४७ हजार थपिएका छन् ।

सो अवधिमा ५ लाख ७५ हजार ९४५ संक्रमणमुक्त भएका छन् भने ४ हजार ७०१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ७९६, अमेरिकामा ६०१, बेलायतमा ३१३, पोल्याण्डमा २९२, फिलिपिन्समा २६५, इटलीमा १८४ रहेका छन् ।

कोरोनामुक्त हुनेमा बेलायतमा ५३ हजार, इटलीमा ५२ हजार, फ्रान्समा ४८ हजार, अमेरिकामा ३५ हजार रहेका छन् । पछिल्लो २४ घण्टामा भारतमा करिब डेढ लाखको हाराहारीमा संक्रमित थपिएको छन् ।

प्रतिक्रिया दिनुहोस्