Logo
Logo
एमाले अधिवेशन

एमाले अधिवेशन : नेतृत्व चयनका लागि आज अधिकांश जिल्लामा मतदान


567
Shares

काठमाडौं । नेकपा (एमाले)को देशभर जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया भइरहेको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा आज निर्वाचन हुँदैछ ।

अधिकांश जिल्लामा नेतृत्वको आकांक्षी धेरै भएका कारण समहतिको प्रयास विफल भएको छ । अहिलेसम्म २२ जिल्लामा सर्वसम्मत् अध्यक्ष चयन गरिए पनि अन्य पदमा भने निर्वाचन हुँदैछ ।

आन्तरिक विवाद र भौगोलिक कठिनाइका कारण १६ जिल्ला छोडेर एमालेले शुक्रबार ६१ जिल्लाको अधिवेशन गरेको थियो ।

अध्यक्ष चयन भएका जिल्लाहरु

प्रदेश १

१. झापा– दीपक कार्की

२. मोरङ– ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

प्रदेश २

१. सप्तरी– ताराकान्त चौधरी

वागमती

१. धादिङ– भूमी त्रिपाठी

२. काभ्रेपलाञ्चोक– अशोक ब्यान्जु

३. भक्तपुर– बचन देउजा

४. रसुवा– कर्णेल तामाङ

गण्डकी

१. गोरखा– प्रेम गुरुङ

२. तनहु– श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी

१. पाल्पा– धनेन्द्रराज घिमिरे

२. गुल्मी– बालकृष्ण काउछा मगर

३. अर्घाखाची– पिताम्बर भुसाल

४. बाँके– किस्मत कुमार कक्षपती

५. बर्दिया– लालबहादुर श्रेष्ठ

६. दाङ– हुकुमबहादुर बस्नेत

७. रुपन्देही– तेजेन्द्र केसी

८. कपिलवस्तु– डम्मर शर्मा (निर्वाचित)

कर्णाली

१. डोल्पा– शेरबहादुर बुढा

२. सल्यान– गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष– जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष– उमेश ढकाल

प्रतिक्रिया दिनुहोस्