Logo
Logo

भारतमा एकैदिन थप १ लाख ८० हजार जनामा कोरोना संक्रमण



काठमाडौं । भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ । सोमबार कोभिड-१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको छ ।

आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३.२९ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

भारतमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । त्यहाँ हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन् ।

महाराष्ट्रमा सोमबारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ हजार २१६ पुगेको केन्द्रीय मन्त्रालयले जनाएको छ । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनका संक्रमितको संख्या ५२९ पुगेको छ । त्यस्तै, हालसम्म दिल्लीमा ५१३ र कर्नाटकमा ४४१ जना यो भेरियन्टबाट संक्रमित भएको मन्त्रालयको तथ्यांमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्