Logo
Logo

एमाले इलाम अध्यक्षमा बस्नेत, बागलुङमा केसी



मङ्गलबारे । नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गरेका थिए ।

उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी भएका छन् । जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । आठ सय छ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गए राति सम्पन्न भएको हो ।

एमाले बागलुङका अध्यक्षमा केसी
एमाले बागलुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित भएका छन् । कार्यबाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले ३२९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पाठकले २२८ मत पाए । अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गरे । उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित भएका थिए । उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भए । थापाले गणेश २९९ र श्रीसले २२८ मत पाएका छन् । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो ।

प्रतिक्रिया दिनुहोस्