काठमाडौं । शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडललाई कोरोना संक्रमण भएको छ । मन्त्री पौडेल स्वास्थ्यमा सामान्य समस्या देखिएपछि केहि दिनयता आइसोलेसनमा बसेका थिए ।
आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएपछि सोमबार बिहान आरटी-पीसीआर परीक्षण गर्दा त्यसको नतिजा भने पोजेटिभ आएको मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काले जानकारी दिए ।
‘माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उहाँले सोमबार बिहान पीसीआर परीक्षण गर्नुभएको थियो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’, खड्काले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । पौडेल अहिले होम आइशोलेसनमा छन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका दाहालको सचिवालय र केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो । दाहालको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र विभिन्न दलका शीर्ष नेताहरू समेत परेका थिए ।












