Logo
Logo

जोगियो सचिवको जागिर



काठमाडौं । बालुवाटार जग्गा हिनामिना प्रकरणमा एक बहालवाला सचिवको जागिर जोगिएको छ । गत बुधबार मात्र सचिवमा बढुवा भएका कृष्ण बहादुर राउत यो प्रकरणमा मुछिए पनि उनीविरुद्ध मुद्दा नचल्ने भएको छ ।

२०६६ सालमा राउत भौतिक योजना मन्त्रालयमा अधिकृतका रुपमा कार्यरत थिए । त्यतिबेला बालुवाटारस्थित बिशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्नेसम्बन्धि काम मन्त्रालयले अघि बढाउँदा उनी पनि त्यो शाखामा थिए । सोही आधारमा उनी पनि तानिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीसँग बयान लिएको थियो । त्यतिबेला थप प्रमाण खुलेका बेला मुद्दा चलाउने गरी उनको हकमा निर्णय भएको थियो । सिआइबीको अनुसन्धानमा पनि उनको संलग्नता प्रष्ट नभएको पाइएपछि उनी जोगिएका हुन् ।

राउतकै बयानका आधारमा पूर्व गृहसचिव नारायणगोपाल मलेगो त्यसमा परेका हुन् । कानूनको उपसचिवको रुपमा विनोद गौतम थिए । जो न्यायाधीश भएपछि यससम्बन्धि मुद्दा खेपेका छन् । राउतको भने त्यसमा सहयोगी भूमिका नदेखिएको स्रोत बताउँछ ।

बालुवाटार जग्गा मुद्दामा जोगिएपनि उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यानसम्बन्धि मुद्दाको किटानी जाहेरी दर्ता भएको छ । कुमार पौडेल इन्काउन्टर घटनामा उनको समेत संलग्नताको आरोप लगाइएको छ । त्यसबेला उनी सर्लाहीका सिडिओ थिए । उनी घटना भएको दिन मात्र सर्लाहीमा पुगेका थिए । घटनाको पछि मात्र उनले जानकारी पाएको भएपनि जिल्लाको सिडिआको हिसाबले उनलाई समेत प्रतिवादी बनाइएको छ । अहिले सचिव राउत सोही प्रदेशको प्रमुख सचिव भएर पुगेका छन् । तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको लहडमा उनकै घटना भएको भएपनि अन्य व्यक्तिले पनि त्यसमा अनावश्यक दुःख पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्