Logo
Logo

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल


882
Shares

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।

नवलपरासी बर्दघाट–सुस्तापूर्व०को देवचुली नगरपालिका–१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहको मङ्गलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनुभयो ।

“सामुदायिक वनमा विभिन्न खालका समस्या छन्”, उहाँले भन्नुभयो, “ती समस्या समाधानका लागि प्रदेश सरकारले विशेष पहल र बजेटको व्यवस्था गर्छ ।” प्रदेशका सामुदायिक वनका समस्या समाधानमा आफू अग्रसर रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

स्तन क्यान्सर भएका महिलाको उपचार खर्च सरकारले बेहोर्ने, कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार दिने, अभिभावक गुमाएका बालबालिकालाई प्रतिमहिना रु पाँच हजार पढाइ खर्च दिने, बेसाहारालाई मानवसेवा आश्रममा राख्नेलगायत कार्यक्रम प्रदेश सरकारले अघि बढाएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्