Logo
Logo

कोरोना संक्रमणले उपत्यका जोखिममा



काठमाडौं । दिनप्रतिदिन बढिरहेको कोरोना संक्रमणले उपत्यकामा जोखिम बढेको छ । उपत्यकामा मंगलबार मात्र एक हजार २ सय ८६ कोभिड १९ संक्रमित थपिए ।

काठमाडौंमा सक्रिय संक्रमित तीन हजार ५२१, भक्तपुरमा ६ सय ९९ र ललितपुरमा १ हजार ९० सक्रिय संक्रमित छन् । कुल सक्रिय संक्रमित ५ हजार ३ सय १० जना छन् । हालसम्म उपत्यकामा तीन लाख ४२ हजार २ सय ५७ जना संक्रमण छन् । काठमाडौँमा २ लाख ५९ हजार ४४२, भक्तपुरमा ३० हजार ७१० र ललितपुरमा ५२ हजार १०५ संक्रमित छन् ।

त्यसैगरी तीन हजार ३८९ जना संक्रमितको मृत्यु भइसकेको छ । काठमाडौँमा २ हजार २४२, भक्तपुरमा ४ सय ३८ र ललितपुरमा ७ सय ९ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म तीन लाख ३५ हजार ३५७ जना संक्रमणमुक्त भइसकेका छन् । काठमाडौंमा २ लाख ५३ हजार ६७९, भक्तपुरमा २९ हजार ५७३ र ललितपुरमा ५२ हजार १०५ जना संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्