Logo
Logo

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना



काठमाडौं । हाल देशभर पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा सामान्य बदलीसँगै प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज (बुधबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ।उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकोले देशभर चिसो बढ्नेछ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्