Logo
Logo

वेस्टह्यामद्वारा नर्विच सिटी पराजित



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामले नर्विच सिटीलाई पराजित गरेको छ । वेस्टह्यामले नर्विचलाई आज बिहान भएको खेलमा २–० गोलले पराजित गरेको हो ।

वेस्टह्यामका लागि दुई वटै गोल जारोड बोवेनले गरे । उनले खेलको ४२ औँ र ८३ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै वेस्टह्यामको २१ खेलमा ३७ अङ्क भएको छ । वेस्टह्याम अङ्कतालिकाको चौथो स्थानमा छ । २० खेलमा १० अङ्क रहेको नर्विच सिटी पुछारमा छ ।

प्रिमियर लिगमा म्यानचेस्टर सिटी २१ खेलमा ५३ अङ्कका साथ शीर्षस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्