Logo
Logo

विद्युतीय सवारीमा ग्लोबल आईएमई बैंकको विशेष सहुलियत कर्जा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवशको अवसरमा विद्युतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको छ ।

वातावरण मैत्री विद्युतीय सवारी साधनको खरिदमा वार्षिक ९.६ प्रतिशत व्याजदरमा सहुलियत कर्जा उपलब्ध गराउने कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालले बताए । उनले विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने हुदाँ बैंकले यस किसिमको वातावरणमैत्री योजना ल्याएको जानकारी दिए ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त समाज र वातावरण प्रति आफनो दायित्व निर्भाह गर्ने उद्देश्यले यस्ता विभिन्न खाले योजनाहरु ल्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्