Logo
Logo

फेरि अर्का यार्सागुम्बा संकलकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


जाजरकोट । यार्सागुम्बा संकलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो ।

डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक बस्नेत हिमालय मावि तल्लुमा कक्षा ९ मा पढ्दै थिए । यसअघि यस सिजनमा यर्सा संकलन गर्न गएका आठ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्