Logo

दुर्गम क्षेत्रमा सेवा पुर्याउनुपर्नेमा मुख्यमन्त्री राईको जोड


Published On : 7 June, 2019

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन ९आधिकारिक ट्रेड युनियन० क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले जनतालाई विश्वको नवीन प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गरेमा मात्र प्रतिस्पर्धा अब्बल हुने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले सङ्घ, प्रदेश र स्थानीय निकायको एउटै लक्ष्य देश विकास गरी ‘समद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल पार्न सहकार्य र हातेमालो गरी हिँड्नु आजको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले संस्थानले सेवाग्राहीप्रति उत्तरदायी भई संस्थाभित्रको विसङ्गति तथा विकृति हटाई सुशासन कायम गरी सेवा प्रभाव गर्नुपर्नेमा जोड दिँदै सगरमाथा, मकालु, कञ्जनजङ्घा हिमालको फेदीसम्ममा आफ्नो सेवा विस्तार गर्न संस्थालाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राईले सङ्घ, प्रदेश र स्थानीय निकायको एउटै लक्ष्य देश विकास गरी ‘समद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल पार्न सहकार्य र हातेमालो गरी हिँड्नु आजको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले संस्थाले जिम्मेवारीपूर्वक सेवाग्राहीप्रति उत्तरदायित्व भूमिका निर्वाह गर्नुपर्ने औँल्याउनुभयो । अर्का केन्द्रीय सदस्य महेश रेग्मीले प्रतिस्पर्धामा उच्च स्थान हासिल गर्न सरकारले सक्दो सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।

क्षेत्रीय एकता अधिवेशनका अध्यक्ष आनन्द पौडेल, क्षेत्रीय निर्देशक अमरनाथ झा, कर्मचारी युनियनका नारायणी कुसियत, दामोदर केसीले ‘फोर जी’ सेवालगायत नवीनतम् प्रविधिको प्रयोग गरी अन्य प्रतिस्पर्धी सञ्चार सेवा प्रदायकभन्दा संस्था अब्बल बनाउने कार्यमा कर्मचारीहरुले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुईदिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । (रासस)

प्रतिक्रिया दिनुहोस्