Logo
Logo

संसदमा ओलीको आरोप, ‘यस्तो निर्वाचन त पञ्चायतले पनि गर्दैनथ्यो’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनका क्रममा लोकतन्त्रको भद्दा मजाक उडाएको आरोप लगाएका छन् ।

धेरै ठाउँमा बुथ कब्जा गरेर, बम पड्काएर र धाँधली गरेर निर्वाचन भएको उनले बताएका छन् । ‘निर्वाचनमा यसरी राज्य संयन्त्रको चरम दूरुपयोग त पञ्चायतले पनि गर्दैनथ्यो,’ विहीबार संसदमा सरकारको निती तथा कार्यक्रममाथीको छलफलमा भाग लिँदै ओलीले भने, ‘जताततै धाँधली भएका छन् । रुकुम, ताप्लेजुङ र उदयपुरमा मतदाताको हत्या गरियो । हुम्लामा मतदान भइसकेपछि कार्यकर्ताको बाबुको हत्या गरियो । मतदाता घाइते र अंगभंग बनाइयो । प्रतिपक्षका विरुद्ध सबै ठाउँमा प्रहार गरियो ।’

ओलीले सत्ता गठबन्धनले ‘जसरी नि जित्नुपर्छ छाड अरु कुरा’ भनेर गीत नै बनाएको आरोप लगाए ।

यो पनि पढौँ

प्रतिक्रिया दिनुहोस्