Logo
Logo

प्राकृतिक बिपदबाट ४० वर्षमा ४० हजारकै ज्यान गयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ अषाढ ।

गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा बाढीपहिरो र विभिन्न प्रकारका विपद्जन्य घटनामा परी ४० हजार बढीको मृत्यु भएको छ । यस अवधिमा विपद्का २२ हजार ३७२ घटना घटेका छन् । जसका कारण ३१० जना अहिले पनि बेपत्ताको सूचीमा रहेको गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।

विपद सो अवधिमा ५९ लाख ३२ हजार १२ घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन् भने ३५ हजार बढी घर पूर्ण रूपमा क्षति भएका छन् । गृह मन्त्रालयका अनुसार यस अवधिमा राजमार्ग तथा भिरालो पहाडमा गरी २ हजार बढी पहिरो गएको छ ।

यसैगरी, यस अवधिमा मुसलधारे वर्षा, बाढीपहिरोले गरी ४२ हजार ९ सय हेक्टर भूभागमा क्षति पुगेको छ । यस्तै, पहिरोले मात्रै थुप्रै सिँचाइ प्रणाली, राजमार्ग, पुल र अन्य पूर्वाधार क्षतिग्रस्त भएको र करिब ५ अर्ब नेपाली रुपैयाँ बराबरको क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।आजको रुाजधानी दैनिकमा समाचार छापिएको छ ।

मृत्यु
महामारी – १६,५६४
भूकम्प– ९,७७१
पहिरो – ४,८३२
बाढी – ४,३४४
आगालागी – १,५४१
चट्याङ–१,५०२
चिसो ठण्डी – ५१५
हिमपहिरो र हिमपात– १०३
अन्य – १,०९२
जम्मा मृत्यु – ४०,२६४

प्रभावित परिवार : ५९ लाख ३२ हजार १२ , क्षतिग्रस्त घर : ३०,२४८ बढी

प्रतिक्रिया दिनुहोस्