Logo
Logo

देशभर बाढी र पहिरोको विनाश : २१ को मृत्यु, १० बेपत्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २८ अषाढ ।

बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण पहाडमा पहिरो गएको छ भने काठमाडौं उपत्यका र तराई डुबानमा परेका छन् । शुक्रबार रातिसम्म २१ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । १० जना बेपत्ता छन् । मृतक र बेपत्ताहरूको संख्या थपिने क्रम जारी रहेकोछ ।

गृहका अनुसार खोटाङ र काठमाडौंमा ३/३, काभ्रे, भोजपुर र धादिङमा २/२, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा र पर्सामा १/१ जनाको मृत्यु भएको हो । बाढी र पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् ।

आज विहान ६ बजे सम्मको तथ्याङक अनुसार २१ जनाको मृत्यु भएको , १० जना घाईते भएका छन , १० जना बेपत्ता भएको र खोजतलास भइरहेको छ भने , ५० जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ ।

काठमाण्डौमा एकै परिवारका ३ जनाको ज्यान गयो

घरको पर्खाल भत्किँदा काठमाण्डौको मूलपानीमा एकै पििरवारका तीन जनाको ज्यान गएको छ । मूलपानीको बाबाचोकको नजिकै रहेको घरको पर्खाल भत्किँदा बारा देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती रहेकी ३० वर्षीया नितु यादव र १३ वर्षीय कुन्दन यादवको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्