Logo
Logo

बालुवाटार प्रकरणमा सयभन्दा बढी अनुसन्धान


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं ,३० अषाढ ।

अख्तियार अनुसन्धान आयोगद्वारा ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सयभन्दा बढी अनुसन्धान भइरहेको छ। जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि धमाधम बयान लिने काम अख्तियारले गरिरहेको छ।

संवैधानिक निकायका पूर्वप्रमुखदेखि उच्च पदस्थ कर्मचारीको अनुसन्धान गरिएको आजको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ । अख्तियारतर्फ पूर्वप्रमख आयुक्त दीप बस्न्यामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ।

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिइरहेको छ। भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा प्रधानमन्त्री निवास बालुवाटारको जग्गा विस्तार क्रममा तयार पारेको प्रस्तावको सन्दर्भमा आयोगले बस्न्यातलाई अख्तियारमा बोलाएर बयान लिएको हो।

तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्त, गृह मन्त्रालयका तत्कालीन सहसचिव, हालका निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतमाथि अनुसन्धान भइरहेको छ। अख्तियारले तीन पटक सार्वजनिक सूचना जारी गरेर ९४ जनालाई बयानका लागि बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्