Logo
Logo

विश्वकप क्रिकेट फाइनल : सुपर ओभरमा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले उपाधि उचाल्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ,३० अषाढ ।
इंग्ल्यान्डले नाटकीय फाइनलमा न्युजिल्यान्डलाई पराजित गरी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार लर्डसमा भएको फाइनलमा इंग्ल्यान्डले दुर्लभ जित निकाल्दै पहिलो पटक विश्व च्याम्पियन भएको हो ।

निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्डीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो । त्यसपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मार्यो । इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको छ ।

२ सय ४२ रनको लक्ष्य लिएर आएको इंग्ल्यान्ड पुरा ओभर खेलेर २ सय ४१ रनमा अलआउट भए पछि खेल सुपर ओभरमा लम्बियो । सुपर ओभरमा इंग्ल्यान्डले विना क्षति १५ रन बनायो । जबाफमा आएको न्युजिल्यान्डले पनि सुपर ओभरमा १५ रन नै बनाए पछि इंग्ल्यान्ड धेरै बाउन्ड्रि प्रहार गरेको आधारमा विजेता बनेको हो ।

प्रतिक्रिया दिनुहोस्