Logo
Logo

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० अझै बेपत्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ३० अषाढ ।

अविरल वर्षासँगैको बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ। प्रहरीका अनुसार सोमबार बिहानसम्म ६५ जनाको मृत्यु भइसकेको छ। ३० जना अझै बेपत्ता छन्।

बाढीबाट भएको मानवीय क्षतिबारेको विवरण हेर्नुहोस् 

प्रहरीले जारी गरेको विज्ञप्तिमा बेपत्ता भएकामध्ये १८ जना पुरुष र १२ जना महिला रहेको उल्लेख छ। बाढीपहिरोका घटनामा परी ३८ जना घाइते भएका छन्। घाइतेमध्ये २१ जना पुरुष र १७ जना महिला रहेको प्रहरीले जनाएको छ। प्रहरीले १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार भएको उल्लेख गरेको छ।

प्रहरीका अनुसार भोजपुरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । पाँचजनालाई वर्षापछिको पहिरोले किचेको थियो । बाढी र पहिरोका कारण ओखलढुंगामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । खोटाङमा ३ ,उदयपुर र भापामा २–२ जनाको मृत्यु भएको छ । सुनसरी, इलाम र पाँचथरमा १–१ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बेपत्ता हुनेको संख्या ८ पुगेको छ । मोरङबाट मात्र ३ जना बेपत्ता भएका छन् । मोरङको कानेपोखरी, जहदा र कटहरी गाउपालिकामा १–१ जना बाढीले बगाएर बेपत्ता भएका हुन् । त्यस्तै इलाममा ३, झापा र सुनरसरीमा १–१ जना बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पहिरो र डुबानपीडित नागरिकलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्