Logo
Logo

मेलम्ची हाकिम नै पानी व्यवसायी भएपछि


- दृष्टि न्युज/संवाददाता


मेलम्ची योजनाका हाकिम सूर्य राज कडेलकी श्रीमती पानी व्यवसायी रहेको समाचार प्रकाशित भएको छ । उनकी पत्नीको नाममा क्रिस्टल आक्वा सर्भिसेज प्रालि रहेको समाचारमा जनाइएको छ । यस नीजि उद्योगले जार, वोतल तथा ट्यांकरमा पानी वेच्ने गरेको खुलेको छ ।

पानी अभावको समयमा नीजि क्षेत्रले पानीको व्यवसाय गर्नु अनौठो कुरा होइन । तर मेलम्चीका हाकिमको परिवार नै पानी व्यवसायमा संलग्न हुनुले स्वार्थ वाझिन गएको छ । मेलम्ची आउनु भनेको नीजि पानी व्यवसाय वन्द हुनु हो । मेलम्ची आएमा उनीहरुले महंगोमा पानी वेच्न पाउँदैनन् । तर मेलम्ची नआएसम्म कम गुणस्तरको पानी मिनरल वाटर भन्दै वेच्दापनि राम्रै नाफा आउने हुन्छ ।

सरकारी निकायका हाकिमका परिवारले व्यवसाय गर्दा स्वार्थ वाझिनु हुन्न । तर मेलम्चीका हाकिमको पारिवारिक व्यवसायमा स्वार्थ वाझिएको छ ।

मेलम्चीमा व्यापक भ्रष्टाचार र ढिलासुस्ती नांगो सत्य भैसकेको छ । प्रधानमन्त्रीलाई समेत सचिवले झुक्याएको भनेर स्वयम् प्रधानमन्त्रीले सार्वजनिक भाषण गरिसकेका छन् । तर मेलम्चीका भ्रष्टाचारीहरुलाई सरकारले कारवाही गर्ने हिम्मत गरेको छैन ।

मेलम्ची आयोजनाको ढिलासुस्ती र भ्रष्टाचारका सत्य कथाहरुले नेपालको राजनैतिक र प्रशासनिक कुशासनको एक सजिव उदाहरण दिइरहेको छ । यहाँ भएका भ्रष्टाचारमा कडा कारवाही गर्न ढिला भैसकेको छ ।

अहिले मेलम्ची हाकिमको स्वार्थ वाझिएको समाचारमा सरकारले तत्काल जाँचवुझ गरि नीजलाई तत्काल हटाउनु आवश्यक देखिन्छ । अन्यथा मेलम्ची आयोजना यस्तै हाकिमहरुका कारण अझ वर्षौ ढिला हुनेछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्