Logo
Logo

आजको मौसम : प्रदेश १ र मधेशमा भारी वर्षाको सम्भावना


567
Shares

काठमाडौं । आज प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र मधेश प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । अहिले प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव परेको हो ।

अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिम न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्