Logo
Logo

पहिरोले बगाएर ताप्लेजुङको खेवाङमा २ जनाको मृत्यु, ३० परिवार विस्थापित


14.2k
Shares

सिरिजङ्घा-६ मामाङ्खेमा रातीको पहिरोले पुरेको रनकुमार माबोको घर । तस्बिरः सुनिता मावो

काठमाडाैं । ताप्लेजुङको सिरिजङगा गाउँपालिका–७ खेवाङमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।

पहिरोले बगाएर तुलसा अधिकारी र यसोदा अधिकारीको शव घर रहेको स्थानभन्दा केही तल भेटिएको वडाध्यक्ष बुद्ध दाहालले जानकारी दिए ।

‘घटनास्थलमा पहिरो बग्ने क्रम रोकिएको छैन । त्यसैले दुवैको शव निकालेका छौं,’ उनले टेलिफोनमा भने, ‘मृतक सासु बुहारी हुन् ।’ घरमा ३ जना बस्ने गरेकामा तुलसाका छोरा बिष्णु अधिकारी भने भागेर बाँच सफल भएको दाहालले बताए ।

उनी भाग्ने क्रममा घाइते भएको र उनको अवस्था गम्भीर रहेको स्थानीय ज्ञानेन्द्र पुर्कुटीले बताए । उनको उद्धारका लागि हेलिकप्टर मगाइएको वडाध्यक्ष दाहालले बताए । दाहालका अनुसार खेवाङका सबै वडामा पहिरो गएको छ ।

‘हालसम्म ३० घर विस्थापित भइसकेका छन्,’ उनले भने, ‘सबै क्षेत्रमा सम्पर्क हुन सकेको छैन । क्षतिको विवरण आउन समय लाग्छ ।’ ताप्लेजुङका बिभिन्न स्थानमा क्षति गरेको छ ।

सिरिजंघा–६ मामाङखे र फक्ताङलुङ गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्