
काठमाडौं । एमालेका सांसदको विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गरेका छन् ।
मन्त्री शर्माले प्रस्ताव पेश गर्ने क्रममा एमाले सांसदले उठेर विरोध जनाएका थिए । शुक्रबारको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले सांसद विरोध जनाएका हुन् ।
प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमा भाग लिनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसदलाई आग्रह गरेका थिए । उनले एमाले सांसदलाई छलफलका लागि बसेर भाग लिन आग्रह गरेका थिए ।
तर, विनियोजन विधेयक माथिको छलफलमा कुनै पनि सांसदले नाम दिएनन् । अध्यक्ष तिमिल्सिनाले विचार गरियोस् भन्ने प्रस्तावलाई सदनमा निर्णयार्थ पेश गरेका थिए ।
एमालेका सांसदको विराधकै बीचमा विचार गरियोस भन्ने प्रस्ताव पारित गरिएको थियो ।














