
काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ४ सयले बढेर ९७ हजार ७ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन प्रतितोला ९७ हजार ३ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय छ ।
अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर १ हजार २ सय ५५ तोकिएको महासङ्घले जनाएको छ ।











