Logo
Logo

खोलाले बगाएर बालिकाको मृत्यु


630
Shares

तनहुँ। भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदीखोलाले बगाएर बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभन्दा २० मिटर पछाडि रहेको खोलाले उनलाई बगाएको हो ।

५ सय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

घरबाट हराएपछि आफन्तजन र स्थानीयवासीले खोजतलास गर्ने क्रममा चुँदीखोलाले बगाएको अवस्थामा बालिका फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्