Logo
Logo

मित्रराष्ट्रसँग सम्बन्ध थप प्रगाढ बनेको छः मन्त्री खड्का


441
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले मित्रराष्ट्रसंगको सम्बन्ध थप प्रगाढ भएको दाबी गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले द्विपक्षीय भ्रमण आदानप्रदानले सम्बन्ध थप विस्तारित भएको बताए । यसमा नेपालको सार्वभौमसत्ता, अखण्डतामा कुनै पनि आँच आउन नदिइएको समेत उनको भनाइ छ ।

सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण नेपाली भूमि डुबानमा पर्ने अवस्थाको अन्त्यका लागिसमेत सरकारले स्पष्ट दृष्टिकोणका साथ भारत सरकारलाई आग्रह गरेको जानकारी दिए ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले प्रयास गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्