Logo
Logo

अभिनेत्री नीता र ज्योतिष हरिहरले गरे विवाह



काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता समेत रहेका ज्योतिष हरिहर अधिकारीले विवाह गरेका छन् । उनीहरुले आफूहरुको चार वर्ष लामो प्रेम सम्बन्धलाई शुक्रबार विवाहमा परिणत गरेक हुन् ।

नीता र हरिहरको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा चलिरहेको छ । विवाह समारोहमा नजिकका आफन्त र परिवारलाई मात्र निम्तो दिइएको छ ।

नीताको विवाहमा फिल्म क्षेत्रका अभिनेत्री रेखा थापा, अनु शाह, सरोज खनाललगायत कलाकार सहभागी छन् । उनीहरूले यही असार २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन् । विवाहलगत्तै नीता र हरिहर फिल्म ‘ह्रस्व दीर्घ’मा व्यस्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्