Logo
Logo

सरकारले पेट्रोलको मूल्य बढाएर जनताको ढाड सेकायो : ओली


819
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेट्रोलको मूल्य बढाएर जनताको ढाड भाचेको आरोप लगाएका छन्। ओलीले शेरबहादुर देउवा नेतृत्व सरकारले महंगी बढाएर नेपाली जनताको ढाड सेकाको आरोप लगाए।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले देशको अर्थतन्त्रको सांचो लिएरै लुटेको आरोप लगाए । देउवा सरकारबाट हट्नुपर्ने र स्वीकार गर्न नसक्ने बताए ।

‘यो सरकार भनेको नराम्रो कामको थुप्रो हो । यो सरकारले एउटा पनि राम्रो काम गर्न सकेन । यो नालायक, अनैतिक सरकार हो। देउवा नेतृत्व सरकार सरकारबाट हट्दैन भने जनताले टिपेर मिल्क्याउने दिन आउछ।’ अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्