काठमाडौं । सरकारले फिर्ता भएको नागरिकता सम्बन्धी विधेयक आजै पेश गर्ने तयारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को बैठक बसेर आजै विधेयक प्रस्तुत हुने जानकारी दिए ।

‘नागरिकताबाट वञ्चित हुनुपरेका सबैलाई समेट्नका लागि यो विधेयक फिर्ता गरिएको हो। सरकारले आजै मन्त्रिपरिषद्को बैठकबाट फेरि यो विधेयक प्रस्तुत गर्छ,’ शुक्रबारको संसद बैठकमा उनले भने ।
उनले सबै नेपालीलाई नागरिकता प्रदान गर्न सबैको दायित्व भएको बताए । ‘सबै नेपालीलाई नागरिकता प्रदान गर्नु हामी सबैको साझा दायित्व हो। कुनै पनि नागरिक नागरिकताबाट वञ्चीत नहोउन भन्ने हाम्रो उद्देश्य हो । संघीय कानुनबमोजिम लाखौं नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न सकिएको छैन। संविधानले नागरिक मानेको छ । तर संघीय ऐनको आवश्यक छ,’ उनले भने ।











