Logo
Logo

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


441
Shares

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभावले सामान्य वर्षा भइरहेको छ।

अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यतादेखि पूर्ण बदली हुँदै देशका बाँकी भू-भागमा सामान्य वर्षा भइरहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी एक-दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ। अन्य केही भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्