Logo
Logo

म पदका लागि हिरिक-हिरिक हुने मान्छे होइन : माधवकुमार नेपाल


4.7k
Shares

बुटवल । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको दावी गरेका छन् । अध्यक्ष नेपालले एमालेसँग एकताको च्याप्टर नखुलेको अवस्थामा बन्द भन्ने प्रश्न नै उठाउन नपर्ने बताए ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ´जब एमालेसँग एकताको च्याप्टर खुलेकै छैन भने बन्द कसरी भयो भन्ने ? बरू पार्टीमा हामीले जसरी जुन कारणले विद्रोह गरेका थियौं त्यसको औचित्य पुष्टि भएको छ ।’

माओवादी केन्द्रसँग एकता गरेर प्रचण्ड अध्यक्ष र माधव नेपाल प्रधानमन्त्री बनाउने भन्ने समाचारमा सत्यता नभएको उनले बताए । कम्युनिष्ट पार्टीले नै राष्ट्रको निकास दिन सक्छ भनेर कम्युनिष्ट पार्टीहरूमा एकताको सम्भावनाबारे छलफल गरिरहेको भए पनि आफूले पद र प्रतिष्ठाको लागिमात्र पार्टी एकता नगर्ने दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘माधव नेपाललाई प्रधानमन्त्री चाहिएर पार्टी एकीकरण गर्न पर्दैन, म पदको पछाडि लाग्ने, पदका लागि हिरिक-हिरिक हुने मान्छे होइन ।’

प्रतिक्रिया दिनुहोस्