Logo
Logo

गोरखामा १६ किलो सुन भेटियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ साउन ।
गोरखामा प्रहरीले १६ केजी सुन भेटाएको छ । जिल्लाको दुर्गम धार्नेस्थित ओडारमा लुकाएको अवस्थामा सुन भेटिएको छ ।


सो सुन चीनबाट तस्करी गरेर ल्याइएको आँकलन गरिएको छ । सुन रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको गोरखाका एसपी ओम अधिकारीले बताएका छन् ।
गोरखाको नाका प्रयोग गरेर समेत चीनबाट सुन तस्करी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्