Logo
Logo

क्रान्तिकारी विचारमा स्खलन आयो : प्रचण्ड


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु हिजोको जस्तो क्रान्तिकारी नभएको टिप्पणी गरेका छन्। जनयुद्दका सहिद रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफुहरुहरु हिजोको जास्तो क्रान्तिकारी नभएको बताएका हुन्।

‘हामी अलिकति बिग्रिएका छौं। हिजोको जस्ता क्रान्तिकारी छैनौं। ब्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थी भएका छौं,’ प्रचण्डले भने, ‘हामीले प्रतिस्पर्धा गरेर त्याग गर्नेतिर भन्दा पनि आफैंतिर कसरी बलियो बन्ने भन्नेतिर लागेका छौं।’

उनले देशमा भएका राजनीतिक पार्टीमध्ये माओवादीले मात्र विचार र राजनीतिको प्रश्नलाई उच्च प्राथमिकतामा राखेको दाबी गरे। उनले स्वार्थ समूह बनाउनतिर उद्दत हुन थालेको टिप्पणी गरे। ‘स्वार्थ समूह बनाउनेतिर उद्दत हुन थालेका छौं। यसले क्रान्तिकारी विचारमा स्खलन आएको छ।’ प्रचण्डले सम्बोधनको क्रममा भने।

क्रान्तिकारी पार्टी बनाउने संश्लेषण गरेको भएपनि ब्यवहार र दैनिकी नमिल्ने बताए। ‘क्रान्तिकारी पार्टी बनाउने संश्लेषण त गरेका छौं, कुरा गर्दा मुखमा त क्रान्तिकारी नै छौं तर ब्यवहार र दैनिक मिल्दैन। भनाई र गराईमा ठूलो अन्तर आइसकेको महसुुस हुन्छ।’ प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्