
काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।
केहीबेरअघि सुरु भएको बैठकमा आगामी निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँटका विषयमा छलफल भइरहेको छ । यसअघि बुधबार सिट बाँडफाँट कार्यदलको बैठक बसेको थियो ।
बैठकमा कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले नेतासँग भेट्न बाँकी रहेको सुनाएका थिए । त्यसैले आज शीर्ष नेताको बैठक बसेको हो ।














