Logo
Logo

राष्ट्रपतिकहाँ विधेयक प्रमाणीकरण गर्न राति पठाउन सुझाव



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नागरिकता विधेयक प्रमाणीकरण गर्न राति पठाउन सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दिउँसोमा पठाउँदा प्रमाणीकरण नभएकाले राति पठाउनुपर्ने सुझाव दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्दर्भमा व्यंग्यात्मक शैलीमा सांसद महतले राति पठाउँदा प्रमाणीकरण हुन सक्ने बताए ।

‘पुनः नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपतिकहाँ पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय, यो राति पठाउनुप¥यो’ उनले भने, ‘किनभने अलि अप्ठ्यारा कामहरु राति नै फत्ते हुन्छन् । त्यसो भएकाले यो दिउँसो नपठाउनुहोला ।’ राष्ट्रपति भण्डारीलाई रातिमा विधेयक प्रमाणीकरण गर्ने बानी परेको उनको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस्