Logo
Logo

हृदयेशको प्रश्न- नागरिकता विधेयकको कुन दफा संविधानविपरित छ ?



काठमाडौं । सांसद हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्ध मात्र भएको बताएका छन् ।

बिहीबार विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै त्रिपाठीले विधेयकका कुन दफा संविधान विपरीत छ भनेर राष्ट्रपतिले भन्न नसकेको बताए । उनले भने, ‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए एक ढंगले छलफल अगाडि बढ्थ्यो होला । त्यो नपाएको हुनाले बढी निबन्ध जस्तो लाग्यो ।’

जन्मका आधारमा नेपाली नागरिकता लिएका आमाबाबुको सन्तानले ७ वर्षदेखि नागरिकता पाउन नसकेकाले यो विधेयक छिटो ल्याउनु परेको उनले बताए ।

एमालेतर्फ संकेत गर्दै उनले राष्ट्रिय सहमति गाजरको बाँसुरी मात्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस्