Logo
Logo

पूर्वाधार बिकास विभागलाई मन्त्रालयमा गाभ्ने निर्णयको कर्मचारीद्वारा विरोध



काठमाडौं । सरकारले खारेज गरेको स्थानीय पूर्वाधार बिकास विभागलाई विना औचित्य नाम परिवर्तन गरि सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारीहरुले मन्त्रालयमा प्रदर्शन गरेका छन् ।

संघीयता कार्यान्वयनको मर्मअनुसार खारेज भएको बिभागलाई नाम परिवर्तन गरि मन्त्रालयमा गाभ्ने निर्णय मान्य नभएको भन्दै मन्त्रालयका इन्जिनियरिङ्ग सेवा सिभिल समुह विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमुहका प्राविधिक कर्मचारीहरुले मन्त्रालयमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहिबेर भनाभन भएको थियो । खारेज भएको बिभागलाई मन्त्रालयमा गाभ्दा कर्मचारीको वृत्ति विकासमै ठूलो असर पुर्याउने उनीहरुको भनाइ छ ।

उनीहरुले शहरी एजेण्डलाई छायाँमा पर्ने एवं भवन, आवास तथा शहरी विकासको क्षेत्रमा कार्यरत विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमुहका प्राविधिक कर्मचारीहरुको कार्यक्षेत्र र वृत्ति विकासमाथि पटक पटकको हस्तक्षेप बन्द गर्न पनि माग गरेका छन् ।

यसअघि उनीहरुले आफुहरुको मागका बिषयमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए तर कहिबाट सकारात्मक जवाफ नआएकाले बाध्य भएर सांकेतिक रुपमा विरोध गर्नुपरेको कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्