Logo
Logo

भीम रावलको प्रस्ताव- गैरकानुनी रुपमा नागरिकता लिनेबारे छानबिन गरौं


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद भीमबहादुर रावलले गैरकानुनी रुपमा नागरिकता लिनेबारे छानबिन गर्नुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै सांसद रावलले उक्त माग गरेका हुन् ।

उनले नागरिकता नपाएका र कति जनाले गैर कानुनी रुपमा नागरिकता लिएका छन् त्यो विषयमा पनि छानबिन गर्नुपर्ने माग गरे । उनले राष्ट्रपतिले नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाउनु संवैधानिक दायित्व भएको पनि बताए ।

उनले भारत, बंगालादेश, भुटान, मादिभ्सलगायतका देशहरुमा त्यहाँका नागरिकसँग विवाह गर्ने विदेशी महिलाले राजनीतिकबाहेकका अधिकार प्राप्त गर्ने प्रावधान रहेको भन्दै नेपालमा पनि सात वर्षपछि अंगीकृत नागरिकता प्राप्त गर्ने प्रावधान राखौं भन्दा कसरी गलत हुन्छ ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘त्यसलाई गलत भन्नु भनेको जनसंख्याको आधारमा चिरकाल रुपमा नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनसाय हो ।’

उनले वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नहुने तर विदेशी नागरिकलाई नागरिकता दिन नहुने बताए । नागरिकताजस्तो संवेदशील विषयमा भरपूर छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्