Logo
Logo
दृष्टिका दश हेडलाइन्स्ः

नागरिकता विधेयक पारितदेखि पश्चिम सेती जलविद्युत् आयोजना भारतलाईसम्म



१. नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट हुबहु पारित, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाइदिएको विधेयकमा मत विभाजन हुँदा पक्षमा १३५ मत, विपक्षमा ६० मत, राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइने ।


२. प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने, निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्यहरू नियमितरूपमा सम्पादन गरी निर्धारित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययीरूपमा निर्वाचन सम्पन्न गर्न, गराउन कार्यालय खुला रहने आयोगको भनाइ ।

३. मुलुकमा पर्याप्त उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने स्थिति चिन्ताजनक भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, मुलुकभित्रै पर्याप्त मात्रामा खाद्य उत्पादन गर्न सकिने प्रशस्त सम्भावना भएर पनि उक्त क्षमताको भरपुर सदुपयोग हुने नसकेको तर्क, चामल, गहुँ, मकै र तरकारीजस्ता खाद्यवस्तु आयत गर्दा व्यापार घाटा समेत उच्च हुने अभिव्यक्ति ।


४. नेकपा माओवादी केन्द्रले महासचिव पदमा मध्यमार्गी बाटो अपनाउने, वर्षमान पुन र जनार्दन शर्मा महासचिवको दाबीबाट पछि नहटेपछि देव गुरुङलाई महासचिव बनाउने माओवादीको तयारी, पदाधिकारी टुङ्गो लगाउन भन्दै माओवादीले बिहीबारका लागि बोलाएको बैठक शुक्रबार सम्मका लागि सर्यो ।


५. सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले एक्लै तयार रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, जनताको मन जितेको पार्टी एमालेलाई कुनै पनि गठबन्धनको खाँचो नरहेको प्रतिकृया, उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न नेता कार्यकर्तालाई निर्देशन ।

६. ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले पायो, बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर, सर्वेक्षण अनुमतिपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी–६ जलविद्युत परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्ने ।


७. डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी)लाई मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट, क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरी प्रहरीको प्रधान कार्यालय विपक्षी ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ४१ अङ्कले उकालो लागेर ४०० दशमलव शून्य आठ अङ्कमा, कूल २२० कम्पनीको ५१ लाख एक हजार दुई सय ९० कित्ता शेयर रु दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ मूल्यमा खरिद बिक्री ।


९. भुटानमा आयोजना हुने पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन नेपाल सो–क्योकुशिन करातेको टोली प्रस्थान, भुटान जाने टोलीमा ३ अफिसियल र ६ खेलाडी गरि कुल ९ जना, भुटानको फुएनसोलिगमा अगष्ट २० र २१ गते हुने च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा हुने ।

१०. आर्थिक मन्दीका कारण श्रीलंकामा यस वर्ष कम्तीमा आठ प्रतिशतले संकुचन आउने प्रक्षेपण, सन् २०२१ मा ३.६ प्रतिशतले संकुचन आएकोमा सन् २०२२ मा अर्थतन्त्र ७.५ प्रतिशतले खुम्चिने दावी, ६०.८ प्रतिशतको हाराहारीमा रहेको मुद्रास्फीति सेप्टेम्बरमा करिब ६५ प्रतिशत पुग्ने र त्यसपछि क्रमिक रूपमा सुधार हुने अपेक्षा ।

प्रतिक्रिया दिनुहोस्