Logo
Logo

कुरिनटारमा ट्रकमा मोटरसाइल ठोक्किँदा दुईजनाको मृत्यु


1k
Shares

चितवन । चितवनको इच्छाकामनास्थित कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि बस्ने काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज बिहान करिब ३ बजेतिर ट्रकको पछाडि मोटरसाइकल ठोक्एिको थियो । मोटरसाइकलमा सवार २ जनाकै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरूको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्