Logo
Logo

फोहर उठाउँदै रेडक्रसका स्वयंसेवक


126
Shares

काठमाडौं । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरभित्रको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् ।

शुक्रबार बिहानदेखि मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउन थालेका हुन् । सो अभियानमा नेरेसो काठमाडौँ शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान २ घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ ।

‘पहिलो दिन बागवजार,कमलादी र पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्ने काम भयो,’ शाखाका सभापति श्यामकाजी डोटेलले भने, ‘अभियानले स्वच्छ काठमाडौँ बनाउन सहयोग मिल्छ । सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ ।’

सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने डोटेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्