Logo
Logo

अस्थायी कर्मचारीलाई स्थायी बनाउन पहल गर्छु : प्रचण्ड


297.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई स्थायी बनाउन पहल गर्ने बताएका छन् ।

शुक्रबार अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता कर्मचारीको तलब भत्तन वृद्धि गरिने बताए ।

‘६० हजार जति अस्थायी करार र ज्यालादारी कर्मचारी हुनुहुन्छ,’ प्रचण्डले भने, ‘हामी श्रमिकको हकहितका निम्ति सदैव प्रतिवद्ध छौं । निजामति सेवा ऐनलाई संशोधन गरेर तपाईंहरुका माग सम्बोधन गर्न लाग्नेछु ।’

गठबन्धनभित्र निजामति सेवालाई अन्तिम रुप दिएर पारित गर्ने प्रकृयामा रहेको प्रचण्डको भनाइ छ । प्रचण्डले समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुरक्षालाई दृढका साथ कार्यान्वयन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्