काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण हुनुपर्ने छन् ।
शुक्रबार अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले आफ्नो पार्टी श्रमिकको पक्षमा लड्दै आएको बताए ।

उनले आफू प्रधानमन्त्री हुँदा अस्थायी र ज्यालादारी कर्मचारीको सेवा सुविधा हेरफेर गर्ने अवसर पाएको भन्दै भने, ‘तपाइँहरुको ज्याला बढ्नुपर्छ भनेर पहल गरेको व्यक्ति भउकाले अहिले पनि थप पहल गर्ने विश्वास दिलाउन चाहन्छु । निजामती सेवा ऐनलाई अन्तिम रुप दिन लागेकाले अब संसदबाट पारित गर्ने चरणमा छ ।’
अस्थायी करार तथा ज्यालादारी कर्मचारीले निजामती कर्मचारीसरह सुविधा पाउनुपर्ने उनको भनाइ छ ।














