Logo
Logo

आगामी निर्वाचनपछि एमालेको सरकार बन्छ : ओली



झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले गठबन्धन विरुद्ध एमाले एक्लै लड्ने र एमालेको सरकार बन्ने दावी गरे ।

दमकमा शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गरे । उनले नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने बताए ।

देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने जिकिर गरे । जनताले भ्रष्ट नेताहरुको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्